आईपीएलमा आज मुम्बई र कोलकत्ता भिड्दै

काठमाडौँ - इण्डियन प्रिमियर लिग आईपीएलमा सोमबार मुम्बई इण्डियन्स र कोलकत्ता नाईट राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ।

भारतको मुम्बईस्थित डीवाई पाटिल स्टेडियममा मुम्बई र कोलकत्ताबीचको खेल आज राति पौने ८ बजेबाट हुनेछ।

आज मुम्बई तेस्रो जितको खोजीमा छ भने कोलकत्ता पाँचौँ जितको खोजिमा छ। यसअघि भएको खेलमा मुम्बईले गुजरात टाईटन्सलाई ५ विकेटले पराजित गरेको थियो।

कोलकत्ता भने लखनउ सुपर जायन्ट्ससँग ७५ रनले पराजिवत भएको थियो। ४ अंकसहित मुम्बई तालिकाको पुछारमा रहेको छ भने कोलकत्ता ८ अंकसहित ९ औँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×