दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

काठमाडौँ - चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। 

गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो।  

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए। घटना हिजो बुधबार साँझ ७ः४५ बजे घटेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×