६ वर्षमा भयो ११ प्रहरीको हत्या

काठमाडौँ - गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १ जना प्रहरीको मृत्यु भयो।

२०७७ कात्तिकमा कैलालीको जुगडामा स्थानीयले धारिलो हतियार प्रयोग गरी प्रहरी जवान रामबहादुर साउदको हत्या गरे । श्रेष्ठ र साउद मात्र होइन, जनताको शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी जनताबाटै असुरक्षित हुने क्रम बढ्दै गएको छ। प्रहरीको तथ्याङ्कअनुसार बितेका ६ वर्षमा मात्र ११ जना सुरक्षाकर्मीले सर्वसाधारणको आक्रमणबाट ज्यान गुमाए।

२०७२ सालदेखि २०७८ चैत पहिलो सातासम्ममा ११ जना प्रहरीको हत्या भएको प्रहरी मुख्यालयको रेकर्डमा उल्लेख छ। सेवा दिने क्रममा विभिन्न आन्दोलनमा जनताबाटै भएको आक्रमणमा परी प्रहरीले ज्यान गुमाइरहनुपरेको प्रहरी मुख्यालयको भनाइ छ। यो समाचार द नेपालपट दैनिकमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×