उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौँ - श्रीलङ्कामा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रालाई कायम राख्दै उपाधि जित्ने अभियानमा छ। भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने तयारीमा छ। भारत साबिक विजेता हो। नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भारतलाई कडा टक्कर दिने बताएका छन्

'भारत विरुद्धको खेल्न नेपाललाई कठिन नै हुन्छ। तरपनि फाइनलमा राम्रो खेल्दै उपाधि जित्न चाहन्छौँ,' श्रेष्ठले भने। नेपालले समूह चरणमा भारतलाई ३-१ गोलले हराएको थियो। त्यसैले पनि नेपाल उच्च मनोबल सहित भारतसँग त्यही नतिजा कायम राख्ने दाउमा छ।

भारत समूह चरणमा खेपेको हारको बदला लिन चाहन्छ। च्याम्पियनसिपको सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २-१ र नेपालले आयोजक श्रीलङ्कालाई ६-० गोलले पराजित गरेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×