एकीकृत समाजवादीमा हट्यो ७० वर्षे उमेर हद, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी १९९ सदस्यीय हुने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् । प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।

त्यस्तै, एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णयमा उल्लेख छ । एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित तीनजना थप्ने निणय भएको छ । जिल्ला कमिटीका सातजना पदाधिकारी रहने छन् । स्थानीय कमिटीमा पाँच पदाधिकारी रहने निर्णय भएको छ ।

सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशनरअधिवेशनबाट निर्वाचित हुने निर्णय बैठकले गरेको छ । वडा कमिटीमा ३५ सदस्य रहनेछन् ।

बैठकले विधानमा उमेरहद नराख्ने पनि निर्णय गरेको छ । यस्तै परिषद् बैठकले सबै पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू प्रत्यक्ष निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ ।

दोस्रो केन्द्रीय परिषद् बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष डा।बेदुराम भुसालले सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×