एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नेसहितका एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय भए पनि राष्ट्रियसभा निर्वाचनका कारण नयाँ मिति टुंगो लगाउनुपर्ने उनको भनाई छ । त्यस्तै बैठकले अन्तरपार्टी निर्देशनमा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन गर्ने तयारी छ ।

बैठकले पार्टीको आन्तरिक सुदृढीकरण र रणनीतिलगायतमा छलफल गर्ने बताइएको छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×