काठमाडौँ - एटलेटिको म्याड्रिड स्पेनी ला लिगामा मंगलबार रायो भालेकानाको हातबाट १-१ को बराबरीमा रोकिएको छ। एटलेटिकोले अल्भारो मोराटाको गोलले अग्रता लिएको थियो।
तर खेलको इन्ज्युरी समयमा राडमेल फाल्कोले पेनाल्टीबाट गोल गरेपछि रायो भालेकानो बराबरी हात पार्न सफल रह्यो। एटलेटिको १० खेलबाट २० अंकसहित तेस्रो स्थानमा रहेको छ।
मंगलबारका अन्य २ खेल पनि बराबरीमा टुंगिएका छन्। सेभिया र भ्यालेन्सियाले १-१ तथा गेटाफे र एथलेटिको बिलबाओले २-२ को बराबरी खेलेका छन्। बिलबाओ १८ अंकमा छैटौं स्थानमा रहेको छ।