एजेन्सी। बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद गेका छन्। उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ।
उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन्। त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एण्ड मेलिण्डा फाउण्डेशले गर्दै आएको निरन्तर सहयोगको प्रसंशा गरेको जनाइएको छ।
सो फाउण्डेशनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ।