धादिङ - धुनिवेशी नगरपालिका–६ धार्के बस्ने जिवन रेग्मीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–५ पुरानो धार्के बस्ने ४० वर्षीय विशाल मानन्धर समेत ६ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ८० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।