काठमाडौँ - भ्लाहोभिकको २ गोलप्रेरित युभेन्टसले सोमबार राति सासउलोलाई ३-० ले हराउँदै इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।
पछिल्लो समय खराब लयबाट गुज्रिएको युभेन्टसले घरेलु मैदानमा एन्जेल डी मारियाको गोलबाट २६औँ मिनेटमा अग्रता लिएको थियो। डी मारिया यसै सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट युभेन्टसमा अनुबन्ध भएका हुन्।
पहिलो हाफ सकिन २ मिनेट बाँकी हुँदा डुसान भ्लाहोभिकले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाएका थिए।
५१औँ मिनेटमा डी मारियाकै पासमा भ्लाहोभिकले अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो। लगातार ९ पटक इटालियन सिरी ‘ए’को उपाधि जितेको युभेन्टस पछिल्लो २ सिजन उपाधिविहीन रहेको छ।