काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।
जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुँदै छ ।
यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् । जसपाबाटै नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुने चर्चा छ ।
उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।
लामो छलफल र बहस पछि जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । तर, पार्टीमा यो विषयले मतभेद देखिन्छ ।