लुम्बिनी अल स्टारको लोगो सार्वजनिक

काठमाडौँ - आसन्न नेपाल टी-२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टारले सोमबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी-२० लिगमध्येको लुम्बिनीले लोगो सार्वजनिक गरेको हो।

६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा अहिलेसम्म ४ टोलीको टुंगोे लागेको छ। सार्वजनिक ४ मध्ये ३ टोलीमा भारतीय मालिक रहेका छन् भने १ टोलीले नेपालको प्रतिनिधित्व गर्दै छ। यद्यपि, २ टोलीको टुंगोे छिट्टै लाग्ने क्यानले जनाएको छ।

क्यानको ड्रिम प्रोजेक्टअन्तर्गतको नेपाल टी-२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुनेछ।

आधिकारिक लोगो सार्वजनिक गरेको लुम्बिनी प्रतियोगिताका लागि लोगो घोषणा गर्ने पहिलो टोली बनेको छ। कार्यक्रममा बोल्दै टोलीका प्रमुख सञ्जय शर्माले यस लिगमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×