ह्वाट्सएपमा टाइप नगरेरै म्यासेज यसरी पठाउनुहोस्

काठमाडाैँ - एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरुले ह्वाट्सएप जस्तै एसएमएस मेसेजिङ एपमा टाइप नगरेरै गूगल एसिस्टेन्टमा बोलेरै मेसेज पठाउन सक्छन्। गाडि चलाउँदा, कसरत गर्दा वा अरु कुनै व्यस्त खालको काम गर्दा यस फिचरले एकदमै सहयोग गर्दछ। यो फिचर तपाईको स्मार्टफोन हेडफोनसँग कनेक्ट हुँदा पनि प्रयोग गर्न सक्नुहुनेछ। 

यसका लागि सर्वप्रथम आफ्नो एन्ड्रोइड फोन वा ट्याबलेटमा होम बटनलाई टच गरेर होल्ड गर्नुहोस् वा ओके गूगल भन्नुहोस्। अब सेण्ड अ मेसेज टू भनेर आफ्नो कन्ट्याक्टको नाम लिनुहोस्। अब तपाईकोे भ्वाइस एसिस्टेन्टले आवाज चिनेपछि कुन एपबाट मेसेज पठाउने हो भनेर तपाईलाई सोध्ने गर्दछ।

यहाँ तपाइले प्रयोग गर्ने कुनै पनि एप छान्न सक्नुहुनेछ। तपाइले एप छानेपछि गूगल एसिस्टेन्टले तपाईलाई मेसेज माग्छ।

तपाईले लामो समयसम्म बोल्नुभएन भने गूगल एसिस्टेन्टले सुन्न छाडिदिने गर्दछ। मेसेज पठाएमा गूगल एसिस्टेन्टले मेसेज दोहाराउने गर्दछ र एस भनेपछि पनि पुनः गूगल एसिस्टेन्टले मेसेज दोहाराउँछ र मेसेज सेण्ड हुने गर्दछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×