विभिन्न धनमाल चोरी

काठमाडौं - भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोटस्थित चक्कु फाँट बस्ने कृष्णहरि गुरागाईको घरबाट करिब ५ लाख रूपैयाँ बराबरको विभिन्न सुनका गहना चोरी भएको छ ।

स्याङजाको भिरकोट नगरपालिका–१ दार्सिङ बस्ने ३५ वर्षीया सुष्मा थापाको घरबाट सोमबारदेखि बिहीबार सम्म घरमा कोही नभएको अवस्थामा ढोकाको चुकुल रडले फोडी सुन तथा चाँदीका गहना ७ तोला र नगद ३० हजार रूपैयाँ चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×