ओखलढुंगामा आगोले जलेर आमाछोराको मृत्यु

काठमाडौं । ओखलढुंगामा आगोले जलेर आमा छोराको मृत्यु भएको छ । सोमबार सिद्धिचरण नगरपालिका १० बेतेनीमा खरबारीमा आगलागी हुँदा आमाछोराको मृत्यु भएको हो ।

हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १६ वर्षीय कञ्चन धमलाको घटनास्थलमै मृत्यु भएको ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिष्टार सिंहले बताए ।

बाहुनडाँडा कोल पाखामा निजी खरपाखामा राखिएको खर घाँस जोगाउने क्रममा सुरुमा आमा आगोमा परेको र आमालाई जोगाउन जाँदा छोराको समेत जलेर ज्यान गएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×