झरी पर्न थालेपछि किसान खुसी

कैलाली - कैलालीको जानकी गाउँपालिका–४ का रामफल चौधरी यतिबेला निकै खुसी छन्।  लामो समयपछि  वर्षा हुन थालेपछि रामफल मात्रै नभई  धान रोप्न नपाएका किसान खुसी भएका छन्। शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन्।  

लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका हुन्। गत वर्ष यस समयमा धान रोपाइँ सकेका टीकापुरका दिनेश विश्वकर्माले यस वर्ष भने धान रोपाइँ सुरु गरेका छैनन्। गत वर्ष जेठबाट मनसुन सुरु भएपछि जेठबाटै खेतको काममा व्यस्त भएका उनी बल्ल खेतको काममा निस्केका छन्। 

कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थिए। यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो। त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको टीकापुर –८ का धनसिंह साउँदले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×