काठमाडौँ - पछिल्लो समय दर्शक मार्फत ‘पुष्पा’ को उपनाम पाएका अभिनेता अल्लु अर्जुन एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन्।
सामाजिक कार्यकर्ता उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै कारबाहीको माग गरेका हुन्। उनले यस्तो विषयमा अल्लु संवेदनशील नभएको आरोप लगाउदै कारवाहीको माग गरेका हुन्।
उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गरेको आरोप लगाउँदै चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका छन्। उनले आम मानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताएका छन्। यस अगाडि पनि आफ्नो स्टारडमको गलत फाइदा उठाएको भन्दै भारतीय सेलिब्रेटीहरुलाई विभिन्न आरोप लाग्ने गरेको छ।