तनहुँ - व्यास नगरपालिकाले आगामी आवको बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि वडा भेला गरी सुझाव लिन सुरु गरेको छ। आव २०७९/८० को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि नगरपालिकाले वडावासीको सुझाव सङ्कलन गर्न वडा भेला सुरु गरेको हो।
व्यासले वडा नं १ बाट सोमबारदेखि वडा भेला सुरु गरेर वडावासीको सुझाव लिन सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा नगरवासीको अपनत्व कायम गराउन सबै वडामा भेला गरी सुझाव सङ्कलन गरिने न्यौपानेले बताए। जेठ २७ गतेसम्म सबै वडामा सुझाव सङ्कलन कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ।
आज जेठ १७ गते वडा नं २ र १३, १९ गते वडा नं ३ र १२, २३ गते वडा नं ४ र ११, २४ गते वडा नं ५ र ६, २५ गते वडा नं ७ र ८, २७ गते वडा नं १० र ९ गते सुझाव सङ्कलन गरिनेछ। यसैगरी जेठ २१ गते व्यास नगरपालिकामा योजना तर्जुमा गोष्ठी आयोजना गरिनेछ। सुझाव सङ्कलन कार्यक्रममा निवर्तमान एवं पूर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रत्यासी उम्मेदवार, टोल विकास संस्था, आमा समूह प्रतिनिधि, क्याम्पस विद्यालय प्रतिनिधि, अन्य सङ्घसंस्थालाई सहभागी हुन आग्रह गरिएको छ।