बुटवल- वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। शुक्रबार दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।
टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो। विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन्। महाप्रबन्धक दाहालका अनुसार काठमाडौँबाट आवश्यक सामान झिकाएर आज दिउँसोसम्म मर्मतको काम गरिने छ।