इन्डोनेसियाको सबैभन्दा ठूलो मस्जिदमा भीषण आगलागी

काठमाडौँ - बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सबैभन्दा ठूलो मस्जिदको गुम्बज भीषण आगलागीका कारण भत्किएको छ। जकार्ता सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उक्त घटना स्थानीय समय अनुसार बुधबार दिउँसो ३ बजे उत्तरी जकार्ताको जामी मस्जिदमा भएको हो। मस्जिदमा मर्मतको काम चलिरहेको थियो।

जकार्ता ग्लोबको समाचार अनुसार यो मस्जिद इस्लामिक स्टडीज एण्ड डेभलपमेन्टसँग सम्बन्धित थिंक ट्याङ्क जकार्ता इस्लामिक सेन्टरको परिसरमा बनेको छ। सामाजिक सञ्जालमा शेयर भइरहेको घटनाको भिडियोमा गुम्बज खसेलगत्तै चारैतिर धुवाँको मुस्लो देखिएको छ। आगो निभाउन १० वटा दमकल घटनास्थल पुगेका थिए।

इन्डोनेसिया न्युज नेटका अनुसार करिब २० वर्ष पहिले सन् २००२ को अक्टोबरमा पनि यस मस्जिदको मर्मतका क्रममा आगलागी भएको थियो। त्यसबेला आगो निभाउन पाँच घन्टा लागेको थियो। प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।
बीबीसीबाट साभार
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×