बैतडीमा भालुको आक्रमणबाट दुई जना घाइते

बैतडी । जङ्गली भालुको आक्रमणबाट जिल्लाका दुई जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा  पञ्चेश्वर गाउँपालिका– ५ नेटाका ३२ वर्षीय महेशराम भुल र सोही ठाउँका ४० वर्षीया कमला चन्द  छन् ।  

शनिबार दिउँसो  घर नजिकैका जङ्गलमा घाँस काट्न गएका बेला उनीहरुलाई भालुुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बोधराज ओझाले जानकारी दिनुभयो ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×