काठमाडौँ - चलचित्र ‘झिँगे दाउ’ १७ भदौबाट प्रदर्शनमा आउने भएको छ। ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्ममा केकी अधिकारी,आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको मुख्य भूमिका रहेको छ।
यो फिल्मले घरमा बुहारी भित्रिएपछि छोराबीच कसरी झगडा सुरु हुन्छ र आमा-बाबुको परिवारमा नै उतारचढाव कसरी हुन्छ भन्ने देखाउन खोजेको छ.
साहित्यकार भीमनिधि तिवारीको आख्यानमाथि निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। फिल्ममा सुशिल दाहाल र इश्वर घिमिरे सह-निर्माताको रूपमा रहेका छन्।
फिल्ममा प्रदीप भारद्धाजको कथा र संवाद, बिष्णु घिमिरे ‘कल्पित’को छायांकन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको छ। अहिले कलाकार तथा निर्माण युनिट चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेका छन्।