महिला भलिबलको उपाधि मकवानपुरगढीलाई

मकवानपुर - हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधि मकवानपुरगढी गाउँपालिकाले हात पारेको छ।

बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै मकवानपुरगढी गाउँपालिकाले उपाधि जितेको हो। मकवानपुरगढीले बकैयालाई २५-१५, २५-१९ र २५-१३ को सोझो सेटमा पराजित गरेको हो।

उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजारसहित शिल्ड, मेडल हात पारेको छ। उपविजेता बकैयाले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल हात पार्न सफल भएको छ।

प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भइन्। मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्रतियोगिताको उत्कृष्ट सटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दीपिका कार्की भए। प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×