कोशीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ

मोरङ – कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले आइतबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। यस्तै, कार्कीले सानो आकारको मन्त्रिमण्डल पनि गठन गरेका छन्। एमालेका राम राना र कांग्रेसका शमशेर राई विना विभागीय मन्त्री बनेका छन्।

शपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्रीहरु उद्धव थापा र हिक्मत कार्की पनि उपस्थित थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×