ज्यान मुद्दाका फरार आरोपी बर्दियाबाट पक्राउ

बर्दिया - ज्यानसम्बन्धी कसुरमा फरार आरोपीलाई प्रहरीले बर्दियाको गेरुवा गाउँपालिका–४ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गेरुवा घर भएका ३६ वर्षीय टिकाराम शुढाक्षेत्री उर्फ श्याम बिसी छन्। २०७२ साउन १६ मा उनले गेरुवा गाउँपालिका–४ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरे हत्या गरेको आरोप छ। हत्यापछि फरार बुढाक्षेत्रीलाई इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

असोज ८ मा पक्रेर आरोपी विरुद्ध बर्दिया जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिप्रका बर्दियाका डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×