रुपन्देही। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज बुटवलबाट रु. १८ लाख बराबरको अवैध जुत्ता बरामद गरेको छ। कपिलवस्तुबाट बुटवलतर्फ आउँदै गरेको लु१च ८२१३ नं को बलेरो गाडी जाँच गर्दा ती जुत्ता फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउपुलबाट सो सामान प्ररहीले बरामद गरेको हो। एअर, बाटालगायत विभिन्न कम्पनीका २५ कार्टुन (जोर) जुत्ता फेला परेको र रुपन्देहीको सैनामैना नगरापालिका–४ स्थित मुर्गियाका ३२ वर्षीय विष्णु थारूलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गाडी, जुत्ता र चालक चौधरीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ।