सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन् । 

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सबै वर्ग र समुदायको सक्रिय समावेशिता बिना सङ्गठन चल्न नसक्ने भएकाले यसतर्फ सबै सम्वेदनशील हुनुपर्नेमा जोड दिए । उनले गुटगत राजनीतिले गर्दा पार्टीमा स्थापित नेताले पनि पराजय भोग्नुपरेको उल्लेखगर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्ने बताए । 

केन्द्रीय सदस्य अर्यालले आर्थिक विकास र समृद्धिका लागि कांग्रेसले मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित भएर योजना बनाउने बताउँदै कांग्रेसको बहुमतको सरकार बनेमा मुलुकको आर्थिक विकास, सुशासन र रोजगार सिर्जना हुने दाबी गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×