सहकारी प्रकरण : कांग्रेसले भोलिदेखि भ्रातृ संस्थालाई सडकमा उतार्ने

काठमाडौं । सहकारी ठगीको विषय संसदीय समिति गठन गरेर छानविन हुनुपर्ने माग गर्दै संसद अवरोधसम्म गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडक संघर्ष समेत चर्काउने भएको छ ।

कांग्रेसले सहकारीका बचतकर्ताहरूको रकम फिर्ताका लागि सरकारलाई दवाव बढाउन सदनसँगै सडकबाट समेत दबाब दिने भएको हो । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरुद्ध गरेको छ । सरकारले आफूहरुको माग सम्वोधन नगरे अब संसद चल्न नसक्ने चेतावनी दिएको कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उतार्ने भएको हो । मंगलबार नेपाल महिला संघ र बुधबार नेपाल तरूण दलले काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×