गाउँमै सुविधासम्पन्न अस्पताल

काठमाडौँ - गाउँपालिकामा एउटा व्यवस्थित अस्पताल नहुँदा स्थानीयवासीले स्वास्थ्यचौकीभन्दा माथिल्लो सेवा पाउन चौतारा, धुलिखेल या मेलम्ची पुग्नुपर्थ्यो। 

गाउँपालिकाले चार वर्षपछि इन्द्रावती गाउँपालिका–४ कै नवलपुर बजारमा १५ शय्याको अस्पताल निर्माण गरेपछि यो समस्या समाधान भएकाले स्थानीयवासी उत्साहित भएका छन्। अस्पताल निर्माण पछि एक्सरे, रगत तथा स्वास्थ्य परीक्षण र औषधि खरिदका लागि चौतारा धाउनुपर्ने बाध्यता अन्त भएको छ। 

रु. पाँच करोड ५१ लाखको लगानीमा न्यु ड्रागइन पवित्र मल्टिपल डेभिड कम्पनीले तीन रोपनी जमिनमा बनाएको अस्पतालमा ३५ कोठा र १५ बेड छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×