बलिदान दिवसमा शहीदलाई सम्मान तथा अपाङ्गलाई कम्बल वितरण

रौतहट । मधेश आन्दोलन २०६२ मा शहीद भएका परिवारजनले आज सम्मान पाएका छन् । करिब १६ वर्षपछि आज जनता समाजवादी पार्टीले सम्मान कार्यक्रमको आयोजना गरेका थिए ।

रौतहटको सदरमुकाम गौरमा मधेश आन्दोलमा प्रथम पटक मठिया गाविसका १८ वर्षीय राजकिशोर ठाकुरलाई प्रहरीको गोली लागि घाइते भएका थिए । गोली उनको पेटमा लागेको थियो । उपचारका लागि वीरगञ्ज लैजाँदै गरेका उनको बाटैमा मृत्यु भएको थियो ।

१८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका थिए । उनका परिवारजनले १६ वर्ष पछि पुनः सम्मान पाएका छन् ।

शहीद परिवारलाई सम्मान गर्न भौतिक तथा पूर्वाधार मन्त्री रेणु कुमारी यादव रौतहट पुगेका थिइन् । मधेश आन्दोलनको क्रममा मृत्यु तथा घाइते भएका परिवारजनले आज सम्मान पाएका छन् । जनता समाजवार्दी पार्टीले कूल ५ जना शहीद तथा घाइते परिवारजनलाई सम्मान गरेका हुन् ।

त्यस्तै, गौर नगरपालिकाले बलिदान दिवसको अवसरमा नगरभित्रका अपाङ्गहरुलाई कम्बल वितरण गरेका छन् । नगर अपाङ्ग र नेत्रहिन संघको आयोजना र गौर नगरपालिकाको सहयोगमा आज १४० जना अपाङ्गहरुलाई कम्बल बितरण गरिएको हो ।

केही दिन यतादेखि शुरु भएको शितहर कारण जनजिवन कष्टकर बन्दै गएको हो । शितलहरबाट गरिब र अपाङ्गहरु बढी प्रभावित भएको हुनाले नगरप्रमुख अजय कुमार गुप्ताले नगरभित्रका १४० अपाङ्गहरुलाई न्यानो कम्बल वितरण गरेका हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×