अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं - कैलालीको धनगढी उपमहानगरपालिका–२ डोके बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी केआईसिंह गाउँपालिका–१ बस्ने २० वर्षीय निश्चल शाही र सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय मनोज रावल रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूपन्देहीको मायादेबी गाउँपालिका–१ यरैलीबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राकेश गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×