जनकपुरको होटलमा बसेकी पोखराकी युवती मृत भेटिइन्

धनुषा – जनकपुरको एक होटलमा बसेकी पोखराकी युवती मृत भेटिएकी छन्। उनीसँगै बसेका दुई युवा भने फरार रहेको प्रहरीले जनाएको छ। 

सिटी स्टार फ्यामिली होटेलमा बेहोस भेटिएकी एक युवतीलाई प्रादेशिक अस्पतालले मृत घोषणा गरेको हो। उनको पोस्टमार्टम त्यहि गरिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रामानन्दचोकस्थित सिटी होटलको कोठामा मंगलबार बिहान साढे ८ बजेतिर अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस फेला परेपछि अस्पताल लगिएको थियो।

घटना शंकास्पद रहेका कारण अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×