बस्नेत, रसिक र मोमिलालाई ‘मधुपर्क सम्मान’को घोषणा

काठमाडौँ - गोरखापत्र संस्थानबाट प्रकाशित हुँदै आएको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले आफ्नो ५५औँ वार्षिकोत्सवका अवसरमा तीन सर्जकलाई सम्मानित गर्ने घोषणा गरेको छ।

मधुपर्कले २०७९ सालको गद्यतर्फको ‘मधुपर्क सम्मान’ सर्जक पुरुषोत्तम बस्नेतलाई प्रदान गरिने भएको छ। साहित्यकार बस्नेतले मधुपर्कको सुरुवातदेखि नै योगदान दिएको जनाइएको छ। बस्नेतका कथा, कविता, निबन्ध र संस्मरणहरू प्रकाशित छन्। 

यस्तै, साहित्यकार तथा संगीतकार गणेश रसिकलाई पद्यतर्फको मधुपर्क सम्मान प्रदान गरिने भएको छ। रसिकले मधुपर्कको सुरुवातदेखि नै निरन्तर साहित्यिक योगदान दिएका छन्। रसिकका गीत, संगीत मात्र नभएर कविता, संस्मरण र उपन्यास पनि चर्चित छन्।

मधुपर्क मासिकले युवा साहित्यकार मोमिला जोशीलाई २०७९ सालको ‘मधुपर्क प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ। कविता, निबन्ध लेखनमा उनको योगदान रहेको मधुपर्कले जनाएको छ।

मधुपर्क सम्मान पत्रिकाको वार्षिकोत्सवका दिन यही जेठ ३० गते प्रदान गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×