अभिनेत्री रेखा थापाले राप्रपाको महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री रेखा थापाले राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी बाट महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छिन्। बुधवारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा उनले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन्। उनी अध्यक्ष पदका दाबेदार राजेन्द्र लिङ्देनको पक्षबाट उभिएकी हुन्। उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी दिएको तस्बिर राखेपछी अहिले उनलाई शुभकामनाको ओइरो लागेको छ। उनले महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दिनेछिन्।  २०७३ सालमा राप्रपा प्रवेश गरेकी उनलाई कमल थापा निकट मानिएको थियो। तर, राप्रपा फुटेपछि उनी पशुपति सम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक) को सह-महामन्त्री बनिन्। र, दुई  राप्रपा एक भएपछि उनी केन्द्रीय सदस्य बनिन् l 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×