चेल्सीका अध्यक्षले राजीनामा दिने

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका अध्यक्ष ब्रुस बकले यो महिनाको अन्तिममा राजीनामा दिने भएका छन्। बकले यही ३० जुनमा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

लामो समय क्लबको जिम्मेवारी सम्हालेका ७६ वर्षका ब्रसले १९ वर्षीय कार्यकालपछि चेल्सीको अध्यक्ष पदबाट राजीनामा दिन लागेको चेल्सीले जनाएको छ।

सन् २००३ मा चेल्सीको अध्यक्ष पदमा नियुक्त भएका अमेरिकी ब्रसले अध्यक्ष पदबाट राजीनामा दिए पनि त्यसपछि वरिष्ठ सल्लाहकारको रूपमा क्लबलाई सघाउने बताइएको छ। ब्रुसको अध्यक्षतामा चेल्सी पुरुष टोलीले १८ प्रमुख उपाधि जित्दा महिला टोलीले १२ उपाधि जितेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×