क्यान्डिडेट मास्टर थापाको विजयी सुरुवात

काठमाडौँ - डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एसियन एमेच्योर चेस च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।

सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनसिपका विजेता थापाले बिहीबार भएको पहिलो चरणको खेलमा कुवेतका अलमुहाइनी अब्दुलाजिजलाई पराजित गरेका हुन्।

९ चरणसम्म हुने प्रतियोगिताअन्तर्गत शुक्रबार साँझ हुने दोस्रो चरणको खेलमा थापाले जापानका ताकेनुउची अत्सुसीसँग प्रतिस्पर्धा गर्नेछन्। फिडे रेटिङ २ हजारभन्दा कम भएका र अधिकतम फिडे मास्टरसम्मको टाइटल प्राप्त खेलाडी सहभागी रहेको प्रतियोगिताका विजेताले १५ सय डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

अक्टोबर ५ सम्म चल्ने प्रतियोगितामा एसियाका २० देशका १४६ जना खेलाडीको सहभागिता रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×