१० अर्ब रुपैयाँको निक्षेप उपकरणको बिक्री मंगलबार

काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्न लागेको छ । सो दिन अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ । 

राष्ट्र बैंकका अनुसार परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती पुस २४ गते तोकिएको छ । वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो । 

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×