टेस्ट वरियतामा पनि तेस्रो स्थानमा उक्लिए बाबर

काठमाडौँ - पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम टेस्ट ब्याटिङ वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।

उनी तिनै फर्म्याटमा नम्बर १ हुने दौडमा छन्। सोही क्रममा १ स्थान सुधार गर्दै उनी तेस्रोमा उक्लिएका हुन्।

एकदिवसीय र टी-२० वरियतामा बाबर लामो समयदेखि शीर्ष स्थानमा रहेका छन्। गत महिना भारतका विराट कोहलीको हजार दिन भन्दा बढी टी-२०आई को शीर्ष स्थानमा रहने रेकर्ड उनले तोडेका थिए।

यस्तै, टेस्टको शीर्ष स्थानमा इङल्यान्डका जोय रुट रहेका छन्। दोस्रो स्थानमा अस्ट्रेलियाका मार्नुस लाबुसेङ छन्। अस्ट्रेलियाका स्टेभ स्मिथ चौथो स्थानमा रहँदा भारतका ऋषभ पन्त पाँचौँ स्थानमा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×