बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौँ - बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले नयाँ र पुराना खेलाडीलाई समेटेर २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिमबाट निकालेका खेलाडीसमेत बंगलादेशसँगको खेलका लागि टिममा परेका छन्। सुनिल बल, आयुष घलान र नवयुग श्रेष्ठ भने टोलीमा परेका छैनन्। ऋतिक खड्का र आशिष चौधरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ र दीप कार्की रहेका छन्।

यस्तै रक्षकमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रञ्जित धिमाल टोलीमा अटाएका छन्। मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, एरिक विष्ट, सुरज ज्यु ठकुरी, सुजल श्रेष्ठ र सुदीप गुरुङ तथा फरवार्डमा विमल घर्ती मगर, ऋतिक खड्का, मनिष डाँगी, अन्जन विष्ट र आशिष चौधरी रहेका छन्।

नेपालले असोज ११ गते दशरथ रङ्गशालामा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×