'म अन्धविश्वासी होइन, तर म शक्तिमा विश्वास गर्छु': कार्तिक आर्यन

काठमाडाैँ - बलिउडको नयाँ फिल्म ‘भूल भुलैया–२’ यही महिना प्रदर्शन हुने तयारीमा छ। फिल्मको प्रमोशनमा अभिनेता कार्तिक आर्यन तिव्र गतिमा लागिपरेका छन्। 

‘भूल भुलैया २’ को कुरा आउनासाथ कार्तिक भन्छन् – ‘म यो फिल्मका लागि विशेष उत्साहित थिएँ। पहिलो पटक हरर कमिडी जनराको फिल्म गर्दैछु। उक्त फिल्मका बारेमा जब अनीस बज्मी (निर्देशक) ले मसंग कुरा गर्नु भयो, तब उहाँले पहिला फिल्मको कथा सुनाउनु भयो, त्यसपछि मात्र फिल्मको टाइटल भन्नु भयो। एउटा फ्रेश कथाान फिल्मको सीक्वल बनाइएको छ। तपाईंले पनि फिल्म हेरेपछि संसार उही, तर कथा फरक र नयाँ भएको बुझ्नु हुनेछ। फिल्म शुटिङको क्रममा जब म रुह बाबाको गेटअपमा देखिएँ, त्यो समयमा आफूलाई सुपर हिरो भएको फिलिङ आएको थियो। म विज्ञानको छात्र हुँ। तथ्यहरु मेरा लागि महत्व राख्छन्, तर यो फिल्ममा निर्देशकले तपार्इँलाई एउटा त्यस्तो संसारमा लिएर जान्छन्, जहाँ यी सबै कुरा पछाडि रहन्छन्। जबदेखि यो फिल्ममा म काम गर्न थालेको छु र यसलाई नयाँ फिल्मको रुपमा हेरिरहेको छु।’

रोमान्टिक अभिनेताको इमेज बनाएका कार्तिक आफ्नो टाइपकास्ट हुनबाट डराउँदैनन्। कार्तिक भन्छन् – ‘म आफ्नो इमेज ब्रेक गर्नका लागि भन्दिन। यो स्क्रिप्टमा निर्भर गर्छ। यदि मलाई ३ वटा रोमान्टिक फिल्म लगातार पाएँ भने म त्यो पनि गर्छु। तर कथा राम्रो हुनु पर्छ।’

नीजि जिन्दगीमा कार्तिक कति अन्धविश्वास छन् भन्ने प्रश्नमा उनी भन्छन् – ‘मलाई अँध्यारोसंग धेरै डर लाग्छ। आज पनि म कुनै होटलको ठूलो कोठामा बसेँ भने बत्ति निभाउँदिन। एक्लै सुत्दा अनौठो कुरा मनमा उत्पन्न हुन थाल्छ। ती कुराहरुबाट डराएर म कोठाको बत्ति बालेर राख्छु। यद्यपि, म अन्धविश्वासी होइन, तर म शक्तिमा विश्वास गर्छु। सकारात्मक र नकारात्मक शक्ति जसले पनि बुझ्छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×