प्रिमियर लिग : अन्तिम म्याचमा चेल्सीको जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगको यो सिजनको अन्तिम म्याच डेमा लन्डन क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले वाट्फोर्डलाई २–१ ले पराजित गरेको हो।

चेल्सीको जितमा काई हाभर्टज र रोस बार्कलेले गोल गरेका थिए। वाट्फोर्डका डान गोस्लिङले एक गोल फर्काएका थिए। 

चेल्सीका लागि काईले खेलको ११औं मिनेटमा गोल गर्दै सुरुआति अग्रता दिलाए। तर, खेलको ८७औं मिनेटमा डाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। यस्तै, दोस्रो हाफको इन्ज्युरी समयमा रोसले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाएका हुन्।

वाट्फोर्ड २३ अंक जोडेर १९औं स्थानमा रह्यो। चेल्सीले जितसँगै ३८ खेलबाट ७४ अंक जोडेर तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×