बैतडी समाचारदाता विष्ट पुरस्कृत

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस)का बैतडी समाचारदाता विनोदसिंह विष्ट युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन्।

विष्टलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताका माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो। विष्टलाई आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग महतराजले रु २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका हुन्।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भएबमोजिम विष्टलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो। विष्टसँगै मन्त्रालयले विभिन्न प्रदेशका गरी १० जनालाई सम्मान गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×