आज सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज शनिवार सर्वदलीय बैठक बस्ने भएको छ ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न दिएको रायको समयसीमा गुज्रिँदै जाँदा सत्ता गठबन्धनमै सहमति नजुट्दा अन्यौल बढिरहेका बेला प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्न लागेका हुन्।

यसअघि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बसेको थियो । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताइरहेका बेला प्रधानमन्त्री देउवा दबाबमा हुनुहुन्छ ।

किनकि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कार्यकाल  आगामी जेठमा सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि गठबन्धनकै घटकले त्यसअघि संघको निर्वाचन गर्नुपर्ने बताएपछि कानुनी र संवैधानिक अड्चन आइलागेको छ ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाइए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन ।

यसअघि एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×