नागढुंगास्थित रेस्क्यु टनेलको आज 'ब्रेक थ्रू' हुँदै

काठमाडौँ - बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिन लागिएको हो।  

अब 'ब्रेक थु' गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकी रहेको सो परियोजनाले जनाएको छ। २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो। जो आज ‘ब्रेक थ्रू’ गरिने छ। 

सो 'ब्रेक थु' हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन्। उनको उपस्थितिमा साे 'ब्रेक थ्रू' गरिने छ। 

यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौबिसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज 'ब्रेक थ्रू' गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ। मुख्य टनेलकाे सुरुङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×