काठमाडौं । बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।
पेसी तोक्नका लागि गोला प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । नियमावली कार्यान्वयन गर्ने बारेको सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकारमा भने कटौती हुनेछ ।
यसअघि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायपालिकामा हुन सक्ने भ्रष्टाचार र अनियमितता रोक्न गोला प्रणालीमा जानुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो ।