भत्किए चौतारी, पुरिए पोखरी, हराउँदै इतिहास

‘भरिया दाईले बिसाउने भारी सुन माया डाँडैको चौतारी’
कलाकार विष्णू खत्रिले गाएको यो गीत सुन्दा कूनै बेलो पिठ्यूँमा भारीवोकर बाटोमा हिँड्दै गरेका भरियाहरुले बिसाउने चौतारीको सम्झना दिलाउँछ। हुन पनि भारीबोकर हिँड्नेहरु कतिबेला भारी बिसाउने चौतारी आउला भनेर हिड्ने गर्थे ,चौतारीमा पुगेर भारी बिसाउदा आफुले बोकेको भारीको बोझ बिर्सने गर्थे।

भारी बोक्ने मात्र होइन बाटो हिँड्ने बटुवाहरु समेत चौतारी भेटेपछि एक सुस्केरा सास फेर्दै थकान लाई बिश्राम लिन्थे। बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई बिश्राम लिँदा छुट्टै आनन्द आउँथ्यो ,त्यो बेला तर अहिले ति इतिहास बोकेका चौतारी बिरानो हुँदै गएका छन्। वरपिपलका रुखहरु पनि वुढेसकाल लागेर सुक्दै गएका छन्। धोद्रा लागेका रुखहरुले तिनै वटुवाहरुलाई कुरिरहेका छन्। कुनै वेला संचारको विकास नहुदा अगाडी हिड्दै गरेको साथीले पछि आउदै गरेको साथी भेट्न चौतारीमा कुरेर वस्ने चलन थियो।

एकदशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन्। विकास निर्माणको गतिसंँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला तेतै अल्मलिँदा पुराना संरचना भत्तकिदै गएका छन्।

एकदशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउन जान प्रयोगहुने पैदलमार्ग मोदीवेणी, मुडिकुवा अन्तर्गत सिरसुवाको चौतारी बटुवाहरुको थकाई मेट्ने स्थानको रुपमा चिनिन्थ्यो। कुश्मा बाट भारी वोकेर फर्किएका भरियाहरु मोदीवेनीको उकालो काटेर सिरसुवाको चौतारिमा बिश्राम लिदा भारिको थकान बिर्सन्थे। डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चड्दा पसिनाले भिजेको शरीरलाई सितलता दिन्थ्यो। चौतारीमा बिसाइ मेट्नेहरुको संख्या बढ्दै जादा नजिकै रहेका होटल व्यवसायीहरुको पनि व्यापार वढेको थियो। कुश्मा आउनेहरु बाटोमा पानी पर्दा मोदीवेनीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमानै पुगेको आभास हुन्थ्यो। आज ति चौतारीहरु पाटी पौवाहरु झाडीले भरिएका छन्। चौतारिका ढुंङ्गहरु लेउलागेका छन्। संरक्षणको अभावमा रहेका छन्। यो त एउटा उदाहरण मात्र हो आज कैयौ चौतारिहरु यस्तै अवस्थामा पुगेका छन्।

बाटो मुनिका कुवाहरु यतिवेला मोटरवाटो खन्दा पुरिएका छन्। पैदलयात्री हिँड्ने गाँउको गोरेटो बाटो सुनसानै भएका छन्। इतिहास वोकेका ति ढुंङ्गे छपनी बिछ्याएका बाटाहरु तेस्तै अवस्थामा छन्। बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिडेको बटुवा साझ पर्दा बास वस्ने ठाँटीमा कोही पुग्दैन , ति पुराना संरचना भत्तिकएका छन्।

आजकाल पाटीपौवा बन्न छोडेका छन् विकासको फड्को मारेको हाम्रो समाजमा गाँउमा मोटरवाटो पुगेपछी हिलाम्मे भएका सडकमा यतीवेला गाडीहरु गुडिरहेका छन्। हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउलेको वाध्यता बनिसकेको छ। भौतिक विकास संगै गाँउको इतिहास वोकेका गोरेटो बाटो चौतारी , पोखरी , पाटीपौवाको अस्तित्व हराउँदै गएको छ।

पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय निकाय बाट यस्ता ऐतिहासिक संरचना पुननिर्माणको चर्चा चलेको पाईदैन। पूर्वधार विकासका नाममा सडक संजालको विकास लाई नै मुख्य विकास मानिदै आएको पाइन्छ। समाजमा आधुनिक विकास संगै बाउबाजेले स्थापना गरेका ति ऐतिहासिक संरचनाहरु को प्रवर्द्धन हुन नसक्दा संकटमा रहेका छन्। गाउमा भएका यस्ता पुराना संरचनाहरु जोगाइ राखनु सवैको जिम्मेवारीहो त्यसैले संकटमा परेका इतिहास वोकेको संरचना संरक्षणमा लाग्नु पर्ने देखिन्छ। वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासंग जोडिएका संरचनाहरु जोगाई राख्नुपर्ने तपाई हामी सवैको दायित्व रहेको छ।


वैज्ञानिक दृष्टिकोणले पनि चौतारीमा रहेका पिपलका रुख वाट निकै फाइदा हुने मानिन्छ। पिपलले २४ घण्टा अक्सिजन दिने हुदा यो हाम्रो स्वस्थ्यको लागि पनि फाइदा जनक मानिन्छ। पिपलका पातलाई औषधीको रुपमा सेवन गर्ने चलन पनि रहेको पाहिन्छ।

पछिल्लो समय बातवरण संरक्षण अभियान अन्तर्गत डिभिजन वन कार्यालयद्वारा चौतारीपोखरी संरक्षण अभियान संचालन गरिए पनि यस अभियानमा स्थानियहरुको खासै उल्लेख्य सहभागिता देखिदैन। गत आबमा पर्वत जिल्लामा ६ वटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालयको तथ्याङक रहेको छ।

यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियान अन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान संचालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×