एमसिसीलाई राष्ट्रहित विपरीत भनी दुष्प्रचार गरिएकोमा नेता महतको आपत्ति

काठमाडौँ - सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का पक्षमा आफ्ना धारणा राखिरहेका छन्। 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बिहानदेखि सुरु भएको बैठकमा एमसिसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरूको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पत्रकारहरुलाई जानकारी दिए। बैठकमा आफ्नो धारणा राखेर बाहिरिएका नेता डा. महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा भने, “एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरूले पनि यसै विषयमा धारणा राखिरहेका छन्।” 

उनले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×