रियाद महारेजले दुई गोलपछि म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

काठमाडौँ- रियाद महारेजले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर सिटीले फुलहममाथि ४-१ को पुनरागमन जित हात पारेको हो।

खेलको चौंथो मिनेटमै फाबियो कार्भाल्होले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिक्न सकेन। छैटौं मिनेटमै इल्के गुन्डोगानले सिटीका लागि बराबरी गोल फर्काए। १३ औं मिनेटमा जोन स्टोन्सले गोल गरेपछि सिटीले २-१ को अग्रता बनायो।

दोस्रो हाफमा रियाद महारेजले दुई गोल गरे। ५३औं मिनेटमा पेनाल्टीमा गोल गरेका महारेजले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ। यस्तै फ्रांक लाम्पार्डले प्रशिक्षण सम्हालेको पहिलो खेलमै एभर्टन पनि जित हात पार्दै एफए कपको छ।

शनिबार राति भएको खेलमा एभरटनले ब्रेन्टफोर्डलाई ४-१ ले हरायो। एभर्टनको जितमा एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले गोल गरे। ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काए।

यसैगरी ह्यारी केनको दुई गोल मद्दतमा टोटनहम हट्सपरले ब्राइटनलाई ३-१ ले पराजित गर्दै पाँचौ चरणमा प्रवेश गरेको छ। केनले १३औं र ६६औं मिनेटमा गोल गरे। ब्राइटनका सोली मार्चले एक आत्मघाती गोल उपहार दिए। ब्राइटनका लागि यस बिसोउमाले एक गोल फर्काए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×