नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

काठमाडौँ - नेपाली क्रिकेट टोलीका पूर्व ब्याटर नरेश बुढाएर क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन्। नेप्लिज क्यानडा क्रिकेट क्लबले नरेश सिनियर टोलीको प्रशिक्षणमा परेको जानकारी दिएको छ।

‘हामीले मुख्य प्रशिक्षक पुबुद दासानायिकेसँग पुष्टि गरेर नै सार्वजनिक गरेका हौं। पुबुदु त हाम्रो क्लबको सल्लाकार समेत हुन्’, नेप्लिज क्यानडाका क्लबका सचिव विनय यादवले भने। पुबुद २ महिना अघि नेपाली क्रिकेट टोली छाडेर क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

नरेश पुबुदका सबैभन्दा मनपर्ने खेलाडी हुन्। उनैले नै नरेशलाई क्यानडा लगेका हुन्। अर्कोतर्फ गत साउनमा नरेशले मिसिसाउगा क्रिकेट लिगमा नेपाली समुदायको नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट नाइट्स क्रिकेट क्लबविरुद्ध ६२ बलमै दोहोरो शतक हान्दै सिनियर टोली सम्मको यात्रा सहज बनाएका थिए।

नरेशले ६५ बलमा २३ चौका र १६ छक्काका साथ २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए। अविजित रहेका उनले ६२ बलमै दोहोरो शतक हानेका थिए। शतक ३० बलमा पूरा गरेका थिए। यस लिग क्यानाडाको डिभिजन फोरको हो। ३ महिना अघि अमेरिका भ्रमण गर्नुअघि नेपालले क्यानाडा भ्रमण गरेको थियो।

ओन्टारियोको कप्तानी नरेश बुढाऐरले गरेका थिए। नरेश १ समय नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी थिए। २०१४ को टि२० विश्वकप टोलीका सदस्य रहेका बुढाएरले नेपाली क्रिकेटमा अवसर नपाएपछि २०१८ मा क्यानाडातर्फ लागेका थिए। नरेशले क्यानाडाका मुख्य प्रशिक्षक समेत रहेका पुबुदु दसानायिकलेको एकेडेमीमा क्रिकेट सिकाउँदै आएका थिए।

नरेशले नेपालबाट २०१४ को विश्वकपमा हङकङविरुद्ध टि-२० आईमा डेब्यू गरेका थिए। नेपालबाट २००९ मा बहराइनविरुद्ध डेब्यू गरेका थिए। नरेशले नेपालबाट अन्तिम खेल भने कीर्तिपुर मैदानमा २०१६ मा नामिबियाविरुद्ध खेलेका थिए। उनले नेपालबाट ४ टि-२० आई र ६ लिष्ट ए खेल खेलेका छन्।

घरेलु क्रिकेट त्रिभुवन आर्मीबाट खेल्ने नरेशको प्रदर्शन २०१७ र २०१८ को समयमा त्यति राम्रो भने हुन सकेको थिएन। नेपाल क्रिकेट संघ निलम्बन हुँदा उनि २०१८ मा क्यानडाका लागेका थिए।

आइसिसीको नियम अनुसार ३ वर्ष १ टोलीबाट खेलेकोले अर्को टोलीबाट खेल्नुपर्छ। नरेशले त्यो समय पूरा गरेका छन्। यदि नरेश अन्तिम टोलीमा परे क्यानडाको टोलीबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन्। पुबुदुका मनपर्ने खेलाडी हुँदा पर्ने अनुमान गरिएको छ। नरेशले नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट थुप्रै घरेलु प्रतियोगिता गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि जिताउँदै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×