सिपिएलमा सन्दीपआवद्व जमैकाले गुएनाकाे सामना गर्दै

काठमाडौँ - क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आज हुने खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आबद्ध जमैका तालाबाजले गुएना अमेजन वारियर्सकाे सामना गर्नेछ।

खेल सेन्ट किट्सस्थित वार्नर पार्कमा हुने  नेपाली समय अनुसार बेलुका पा‌ैने ८ मा सुरू हुनेछ। गुएनाविरुद्ध सन्दीपले खेल्ने सम्भावना छ। केन्यासँगको टी-२० सिरिजपछि उनी जमैकाको टोलीमा सामेल भएका हुन्।

जमैका गुएनालाई हराउँदै प्रतियाेगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ। उसले पहिलाे खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सलाई ४७ रनले पराजित गरेकाे थियाे। गुएना पनि आज जित निकाल्दै  प्रतियाेगितामा विजयी सुरूवात गर्न चाहन्छ।

हालसम्म यी दुईले १९ खेलमा एकअर्काे सामना गर्दा जम‌ैकाले ७ र गुएनाले ११ खेल आफ्नो पक्षमा पारेका छन्। १ खेल भने विना नतिजा टुङ्गिएकाे छ. प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो संस्करणको उपाधि सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×